Recent Khabar
  • गृहपृष्‍ठ
  • राजनीति
  • कारोबार
  • समाज
  • कला/साहित्य
  • खेल
  • विशेष
  • विचार
  • सूचना प्रविधि
  • गृहपृष्‍ठ
  • राजनीति
  • कारोबार
  • समाज
  • कला/साहित्य
  • खेल
  • विशेष
  • विचार
  • सूचना प्रविधि
No Result
View All Result
Recent Khabar
No Result
View All Result

दुईजना कोरोना संक्रमितको बाँकेमा उपचारको क्रममा मृत्यु

Recent Khabar by Recent Khabar
November 19, 2020
in ब्यानर, स्वास्थ्य
10
0
दुईजना कोरोना संक्रमितको बाँकेमा उपचारको क्रममा मृत्यु
7
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter


दाङ, दाङका २ जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ का ५६ बर्षीय र ८१ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । ५६ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीबार विहान २ बजेर २० मिनेट मृत्यु भएको उनले बताए । कोरोनाको आशंकामा कात्तिक २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा २५ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि कात्तिक २७ गते कोहलपुरमा ल्याइएको थियो । उनी मधुमेह र मृगौलाका विरामी थिए ।


त्यस्तै वडा नं. ६ का ८१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीवार विहान साढे ३ बजे मृत्यु भएको उनले बताए । कोरोनाको आशंकामा कात्तिक २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा त्यसै दिन कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि त्यसै दिन साँझ ४ बजे उनलाई भेरी अस्पतालमा ल्याइएको थियो । उनी मधुमेह र मृगौलाका विरामी थिए । जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिकामा ८ जना, तुलसीपुरमा १० जना, लमही नगरपालिकामा ३ जना र राप्ती गाउँपालिकामा २ जना कोरोना संक्रमणको मृत्यु भएको छ । जिल्लामा बुधबारसम्म २१ हजार ३१२ जनाको स्वाब पीसीआर परीक्षण गर्दा २ हजार ७८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।


ति संक्रमितमध्ये २ हजार २५० जना निको भएर डिस्चार्ज भएको कार्यालयका फोलक पर्सन कमल चन्दले जानकारी दिए । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ५१२ जना रहेको र ति मध्ये ४३३ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ७९ जना रहेको उनले जानकारी दिए । जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएर अहिलेसम्म १३ हजार ५२६ जना क्वारेन्टाइनमा बसेका थिए ।

Previous Post

कुमार बिकको खुट्टा छिनाल्ने गरि आक्रमण गर्ने २ युवक पक्राउ (भिडियो सहित)

Next Post

खुल्यो लुम्बिनी, पर्यटकको चहलपहल शुरु

Next Post
खुल्यो लुम्बिनी, पर्यटकको चहलपहल शुरु

खुल्यो लुम्बिनी, पर्यटकको चहलपहल शुरु

प्रतिक्रिया

Facebook Twitter

साइट नेभिगेशन

अन्तराष्ट्रिय कला/साहित्य कारोबार ब्यानर राजनीति विशेष समाचार समाज सूचना प्रविधि स्थानिय स्वास्थ्य

सं

Recent Khabar

हाम्रो मिडिया हाउस प्रा.लि बागचौर नगरपालिका ४ सल्यान।
+977- 9844475376
recentkhabar22@gmail.com
प्रधान सम्पादक - समीर श्री
सन्चालक/सम्पादक:एच.पि मगर
सुचना बिभाग दर्ता नं.

समाज परिवर्तनका लागि हाम्रो मिडिया हाउस प्रा.लि द्वारा सन्चालित रिसेन्ट खबर अनलाईन डट कम। © 2020 Recent Khabar Online | Developed by GoDigitalNepal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • राजनीति
  • कारोबार
  • समाज
  • कला/साहित्य
  • खेल
  • विशेष
  • विचार
  • सूचना प्रविधि

समाज परिवर्तनका लागि हाम्रो मिडिया हाउस प्रा.लि द्वारा सन्चालित रिसेन्ट खबर अनलाईन डट कम। © 2020 Recent Khabar Online | Developed by GoDigitalNepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In